You are viewing the translated version of नमूना सङ्कलन तथा परीक्षण गर्न सक्ने.

Section 32
नमूना सङ्कलन तथा परीक्षण गर्न सक्ने
(१) विभाग वा कार्यालयले बजारमा बिक्री वितरणमा रहेका खाद्य पदार्थको स्वच्छता तथा गुणस्तरको बारेमा जानकारी लिन चाहेमा वा यस ऐन बमोजिम अनुगमन, निरीक्षण, जाँचबुझ वा आकस्मिक निरीक्षणमा जाने अधिकृत वा खाद्य निरीक्षण अधिकारीले कुनै खाध पदार्थ यस ऐन बमोजिम निर्धारित गुणस्तर वा मापदण्डभन्दा न्यूनस्तरको रहेको वा मानव उपभोगको लागि असुरक्षित वा दूषित रहेको शङ्का लागेमा त्यस्तो खाद्य पदार्थको तोकिए बमोजिम नमूना सङ्कलन गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम संकलित नमूना प्रयोगशालामा परीक्षण गरी त्यस्तो . खाद्य पदार्थ यस ऐन बमोजिम निर्धारित गुणस्तर वा मापदण्डभन्दा न्यूनस्तरको रहेको वा मानव उपभोगको लागि असुरक्षित वा दूषित रहेको देखिएमा यस ऐन बमोजिम कारबाही गरी उपयुक्त माध्यमबाट सार्वजनिक गर्नु पर्नेछ।